बाराका डीएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार बुधबार बिहानै एमालेको कलैयास्थित पार्टी कार्यालयका कार्यालय सचिव ५३ वर्षीय शंकर भट्टराई र कलैया नगर कमिटी सदस्य ५० वर्षीया रामएकवाल पटेललाई मोर्चाका कार्यकर्ताहरुले मुखमा कालोमोसो दलेका हुन् ।
कलैया नगरपालिका–५ निवासी भट्टराई र कलैया नगरपालिका–२ का पटेल कलैयाको मुख्य चोकमा बिहान घुमफिर गरिरहँदा मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेका थिए ।
यसअघि मोर्चाका कार्यकर्ताले फागुन २३ मा साँझ एमालेको कार्यालयमा आगजनी गरेका थिए ।
|
|

No comments:
Post a Comment